श्रीनगर एग्रीटेकले पायो आईपीओ निष्कासनको अनुमति

बोर्डले कम्पनीलाई साउन १३ गते सो अनुमति प्रदान गरेको हो।

Artha Kendra Artha Kendra
बुधबार, १४ श्रावण २०८२, ८:४८ AM
फन्ट
श्रीनगर एग्रीटेकले पायो  आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई साउन १३ गते सो अनुमति प्रदान गरेको हो।

अब कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत हिस्सा अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक रुपमा निष्कासन गर्न सक्नेछ। प्रति शेयर १०० रुपैयाँ अंकित दरमा ३२ लाख ६२ हजार ५०० कित्ता शेयर बजारमा ल्याइने छ।

शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निभाउनेछ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.