हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न,यसरी हेर्नुहोस् नतिजा

हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँट आज सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १३ श्रावण २०८२, ९:४६ AM
फन्ट
हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न,यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, साउन १३हिमालयन बैंक लिमिटेड (HBL) को एफपीओ बाँडफाँट आज सम्पन्न भएको छ। सिटिजन्स क्यापिटलको कार्यालयमा बिहान ९ बजेबाट बाँडफाँट प्रक्रिया सुरु गरिएको हो।

बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्मको अवधि भरि १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थपेर १५७ रुपैयाँमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्री खुला गरेको थियो।

यस एफपीओमा १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिँदा मागको कुल संख्या ३ करोड ८५ लाख ९१ हजार १६० कित्तामा पुगेको थियो। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको ३ करोड ३२ लाख ११ हजार ८० कित्ता आवेदन सदर गरिएको छ भने बाँकी १ लाख ७६ हजार २६० जनाको आवेदन बदर गरिएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार, ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने तीमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन्।

अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने जानकारी दिइएको छ। नतिजा सिटिजन्स क्यापिटल, हिमालयन बैंकको वेबसाइट, सीडीएससीको मेरो सेयर तथा मा हेर्न सकिनेछ।

Check FPO Result

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.