सागर डिस्टिलरीलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति

सोमबार, १२ श्रावण २०८२, ७:५३ PM
post-image

काठमाडौं, साउन १२ — सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने स्वीकृति प्राप्त गरेको हो।

यो अनुमति पश्चात, कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर रु.१०० अंकित दरमा जारी गर्नेछ। जुन कम्पनीको जारी पूँजीको २० प्रतिशत हिस्सा हो। बाँकी ८० प्रतिशत सेयर संस्थापक समुहको स्वामित्वमा रहनेछ।

सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको छ।

सागर डिस्टिलरी उत्पादन तथा प्रशोधन समूहमा आबद्ध कम्पनी हो। यसले ‘नेप्से बुल्स’, ‘रोयल ब्लु’, ‘गभर्नर’, ‘ग्रेउल्फ’ लगायतका ब्राण्डमा मदिरा उत्पादन र वितरण गर्दै आएको छ।

कम्पनीले सेयर निष्कासनपछि साधारण लगानीकर्तालाई आफ्नो स्वामित्वमा सहभागी गराउँदै पूँजी विस्तार गर्ने योजना बनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}