सहरी बिकास मन्त्रालयले बनायो एकै बर्षमा ११ हजार सुरक्षित संरचना
काठमाडौं, ६ साउन । सहरी विकास मन्त्रालयले एक बर्षमा ११ हजार सुरक्षित घर निर्माण गरेको जनाएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकारसम्मेलन मार्फत गत आर्थिक वर्ष २०८१/०८२ मा ११ हजारवटा सुरक्षित आवास निर्माण गरेको तथ्यांक सार्बजनिक गरेको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपालको सबैभन्दा लामो त्रिवेणी–सुस्त–बहुत्तरी झोलुंगेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्य संरचना सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापनका लागि हालसम्म दुईवटा व्यवस्थापन केन्द्र निर्माण जारी तथा थप एउटा केन्द्र निर्माण प्रक्रियामा रहेको छ ।
नीतिगत तर्फ राष्ट्रिय सहरी नीति, २०८१, नेपाल स्मार्ट सिटीसम्बन्धी सूचक, साथै विशिष्ट संरचना तथा सम्मेलन केन्द्र विकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको छ ।
साथै, गत आर्थिक बर्षमा सुरू भएको अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियमअन्तर्गत प्यारापिट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन तथा ९७ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । यस अवधिमा पाँचवटा आकस्मिक आश्रय भवन पनि निर्माण सम्पन्न गरिएको जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.