दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, ५ साउन । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा काठमाडौँ प्रहरीले टोखाबाट पक्राउ गरेको छ।
करोडौ रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका अग्रवाललाई जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
दिनेशप्रसाद साहले ६ करोड ४५ लाख ठगीको उजुरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।