ओली र भण्डारी बिच भेटबार्ता सुरू, खिचाए तस्विर

आइतबार, ४ श्रावण २०८२, ४:२९ PM
post-image

काठमाडौं, ४ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता सुरू भएको छ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाइ कुरिरहेकी थिइन् ।

पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा ओली बाधक बनेको भन्ने चर्चा बिचमा यो भेटघाट भईरहेको हो । हिजो मात्रै सम्पन्न एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नविकरण नगरी पेन्डिङमा राखेको जानकारी दिएको थियो ।

तर, भोली देखी सुरू हुने केन्द्रिय समिति बैठक अगावै भण्डारी र ओली बिचको भेटबार्तालाई यतिखेर नेपाली राजनीतिमा अर्थपुर्ण तरिकाले हेरिएको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}