श्रमिकको न्यूनतम पारिश्रमिक १९,५५० पुग्यो, साउन १ गतेदेखि लागू

बिहिबार, १ श्रावण २०८२, १०:२ PM
post-image

काठमाडौं, १ साउन । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक रु १९,५५० निर्धारण गरेको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरकार, रोजगारदाता र श्रमिक संगठनबीच भएको त्रिपक्षीय सहमतिपछि नयाँ पारिश्रमिक दर साउन १ गतेदेखि लागू हुने भएको हो।

अहिलेसम्म श्रमिकको न्यूनतम पारिश्रमिक रु १७,३०० थियो। नयाँ संरचनाअनुसार मासिक रु १२,१७० आधारभूत तलब र रु ७,३८० महँगी भत्ता रहनेछ। दैनिक पारिश्रमिक रु ७५४ (तलब ४७० + भत्ता २८४) र प्रतिघण्टा पारिश्रमिक रु १०१ (तलब ६३ + भत्ता ३८) निर्धारण गरिएको छ। आंशिक कामदारका लागि प्रतिघण्टा न्यूनतम पारिश्रमिक रु १०७ हुनेछ।

यो व्यवस्था चिया बगानबाहेक सबै श्रमिकमा लागू हुनेछ। सहमति श्रम ऐन २०७४ को प्रावधान अनुसार गरिएको हो, जसले प्रत्येक दुई वर्षमा पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने व्यवस्था गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}