नयाँ आर्थिक वर्ष पहिलो कारोबार दिन नेप्सेमा उछाल : ७५ अंकले वृद्धि

काठमाडौं, साउन १ — नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ८४ अङ्कले बढेर २ हजार ८७० दशमलव ६३ विन्दुमा पुगेको छ ।
NEPSE झन्डै साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको फागुन १९ गते नेप्से २ हजार ८ सय ७६ विन्दुमा पुगेको थियो ।
आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै जलविद्युत्, लगानी, जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज TTL, SPL र TSHL कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन NIBLSTF भने साढे ७ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ३ करोड ८६ लाख कित्ता शेयर १६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम साढे १० महिनायताकै धेरै हो । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।