हिम स्टार ऊर्जा कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न, पाँच आवेदकले पाए थप १ कित्ता

बुधबार, ३२ असार २०८२, ३:३६ PM
post-image

काठमाडौं, असार ३२हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट बुधबार सम्पन्न भएको छ। बाँडफाँट कार्यक्रम एनआइसी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो ३ बजे सम्पन्न गरिएको हो।

कम्पनीले गत असार २४ देखि २७ गतेसम्म सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो। १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७३ हजार ९७५ कित्ता शेयर निष्कासन गरिएको थियो।

एनआइसी एसिया क्यापिटलका अनुसार उक्त आइपीओमा २० लाख ४४ हजार ४५६ आवेदकले आवेदन दिएका थिए। मागिएको कुल शेयर संख्या २ करोड ४० लाख १३ हजार ९७० पुग्दा, २७ लाख ८२ हजार ६४० कित्ता आवेदन बदर भएका छन्। बाँडफाँट गोलाप्रथाबाट गरिएको हो।

गोलाप्रथामार्फत ७७ हजार ३९७ जनाले १०–१० कित्ता शेयर प्राप्त गरेका छन्। तीमध्ये पाँच जना भाग्यमानी आवेदकले थप १–१ कित्ता  समेत पाएका छन्।

यता, करिब १८ लाख १७ हजार ९७९ आवेदकले शेयर प्राप्त गर्न नसक्दा उनीहरू खाली हात परेका छन्।

Click here to ckeck IPO Result 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}