पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

मंगलबार, ३१ असार २०८२, ९:३४ PM
post-image

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। भारतीय आयल कर्पोरेसन (IOC) बाट ३१ असारमा प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।

यसअगाडि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो भने डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ रहेको थियो। नयाँ समायोजनअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम गरिएको छ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगम सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}