पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। भारतीय आयल कर्पोरेसन (IOC) बाट ३१ असारमा प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।
यसअगाडि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो भने डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ रहेको थियो। नयाँ समायोजनअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम गरिएको छ।
नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगम सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.