मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मंगलबार, ३१ असार २०८२, ११:२८ AM
post-image

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्। ७८ लाख रुपैयाँ घुस प्रकरणमा नाम जोडिएको आरोपपछि उनले राजीनामा बुझाएका हुन्।

गुप्ताले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन् कि आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् र सत्य तथ्य बाहिर आओस् भन्ने हेतुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्।

उनले लेखेका छन्, "केही दिनदेखि मेरो नाम घुस प्रकरणसँग जोडिएर सार्वजनिक चर्चामा आएको छ। कहिलेकाहीँ आफूले नगरेको गल्तीको दोषसमेत लाग्ने रहेछ, म अहिले त्यही परिस्थितिको सिकार भएको छु।"

गुप्ताले प्रविधिको प्रयोगमार्फत आफूलाई फसाउने प्रयास भएको दाबीसमेत गरेका छन्। साथै, राजीनामा दिएपछि अब देश र जनताप्रतिको उत्तरदायित्व अझ जिम्मेवारीका साथ वहन गर्दै, पार्टीको जिम्मेवारी इमानदार रूपमा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}