बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामी साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, ३० असार २०८२, ११:२० AM
फन्ट
बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, ३० असार ।  बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामी साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दावैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर जारी गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार कम्पनीले आफ्नो कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत, अर्थात् ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। पहिलो चरणमा, ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ। यो शेयरमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १, तथा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ का बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात् ५ लाख २९ हजार ४०० कित्ता शेयर जारी गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ताअधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

  • आयोजना प्रभावित बासिन्दाहरूका लागि शेयर निष्काशन छिटोमा साउन २० गतेढिलोमा भदौ ४ गतेसम्म खुला हुनेछ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा साउन ९ गतेढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो। आयोजना प्रभावित बासिन्दाहरूले आवेदन दिनका लागि कम्पनीको कार्यालय (बन्दीपुर गाउँपालिका वडा नं. ४), आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय, र पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयमा पुग्न सक्नेछन्। दरखास्त फाराम लिनका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।

विदेशमा रहेका नेपालीहरूले आवेदन दिन सि-आस्बा प्रणाली वा सीडीएससीको मेरोशेयर अनलाइन प्रणाली प्रयोग गर्न सक्नेछन। 

कम्पनीले सञ्चालन गरिरहेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यसमा साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्षडिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.०५ वर्ष रहेको उल्लेख गरिएको छ।

यस आईपीओको रेटिङ्गको सन्दर्भमा, केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP BB (डबल बी) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.