मनिष झाको गम्भीर खुलासा: मलाई फसाउनमा केन्द्रित हुँदा गृह मन्त्रीको रसुवामा ध्यान पुगेन (Video)

सोमबार, ३० असार २०८२, ७:४३ AM
post-image

रास्वापा केन्द्रीय सदस्य, प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झा ले गृह गृह मन्त्री रमेश लेखकलाई लिएर गम्भीर खुलासा गरेका छन्। हालै एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिदा उनले गृह मन्त्रीमाथि यस्तो गम्भीर आरोप लगाएका हुन्।

प्रश्नकर्ताको प्रश्न थियो, “तपाईंका सभापति त अहिलेसम्म सहकारी काण्डमा हिरासतमा छन्, त्यस्तै अहिलेका उपसभापति, डीपी अर्याललाई पनि जेल हाल्ने तयारी भइरहेको छ रे।”


यस प्रश्नमा मनिष झाले भने, “तपाइँलाई थप जानकारी दिन्छु, उपसभापति मात्रै होइन, मेरो पनि अनुसन्धान भइरहेको छ। मेरो व्यवसायमा कतै कर चुहावट भएको छ कि, कतै केही अनियमितता गरेको छु कि, मैले कतै कर तिरेको छैन कि, मसँग कुनै डुप्लिकेट सर्टिफिकेट छ कि, मेरो कुनै सांसद पास भएको छैन कि? र धेरै गहिरो अध्ययन गृह प्रशासनले गरिरहेको छ। त्यसैले चीनले १६ दिनअघि नै चेतावनी दिए पनि गृह मन्त्रीको भिजिबिलिटी पुग्न सकेन र धेरै धन जनको क्षति नेपालले बेहोर्नु पर्यो।”

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}