काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, कुन क्षेत्रमा कति ?

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

Artha Kendra Artha Kendra
आइतबार, २९ असार २०८२, ४:३५ PM
फन्ट
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, कुन क्षेत्रमा कति ?

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा बसेको १७औं नगरसभाको पहिलो बैठकमा उपमेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गरेकी हुन्।

उक्त बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमार्फत व्ययभार हुने छ भने बाँकी ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट व्यहोरिने बताइएको छ।

बजेटमा कुल रकममध्ये ५१ प्रतिशत पूर्वाधार विकासमा, २० प्रतिशत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा र बाँकी अन्य क्षेत्रमा विनियोजन गरिएको छ।

नगरसभामा यसअघि मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यद्यपि, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाभित्रको आन्तरिक द्वन्द्व— विशेषतः मेयर शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण बजेट ल्याउन ढिला भएको हो।

बजेट पेस गर्न ढिलाइ भएकोप्रति उपमेयर डङ्गोलले नगरसभामै माफीसमेत मागेकी थिइन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.