स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २७ असार २०८२, २:२ PM
फन्ट
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला

काठमाडौं, २७ असार। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।

लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

सो आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको क्रेडिट रेटिङ [ICRANP-IR] B+@ बाट घटाएर [ICRANP-IR] B@ मा झारिएको छ, जसको अर्थ कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम देखिएको छ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.