काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बस्दैँ

शुक्रबार, २७ असार २०८२, १०:५१ AM
post-image

काठमाडौं, २७ असार । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् ।

सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् ।

कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट नगर सभामा पेस गरिनेछ ।

सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकिरहेको थिएन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}