ट्रम्पमाथि हमला प्रकरणः ६ गोप्य सेवा एजेन्ट निलम्बित, लापरवाहीको आरोप
वासिंगटन डिसी, २६ असार । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै ६ गोप्य सेवा एजेन्टलाई निलम्बन गरिएको छ ।
अधिकारीहरूलाई उद्धृत गर्दै एबीसी न्यूजले यो जानकारी दिएको हो। ट्रम्पको आक्रमणको एक वर्ष पूरा हुनुभन्दा ४ दिनअघि यो कारबाही गरिएको हो । तत्कालिन राष्ट्रपतिको उम्मेदवार ट्रम्पलाई १३ जुलाई २०२४ मा बटलर, पेन्सिलभेनियामा भएको चुनावी सभाको क्रममा सो गोली हानिएको थियो। यो गोली ट्रम्पको कानमा लागेको थियो र उनी घाइते भएका थिए ।
यस हमलामा ट्रम्पको र्यालीमा सहभागी भएका फायर फाइटर कोरी कम्पारेटोरको मृत्यु भएको थियो भने जवाफी कारबाहीमा घटनास्थलमा उपस्थित गोप्य सेवा स्नाइपरहरूले आक्रमणकारी, थोमस म्याथ्यू क्रुक्स (२० वर्ष) लाई गोली हानेका थिए ।
समाचार अनुसार निलम्बित एजेन्टहरूलाई पुनरावेदन गर्ने अधिकार दिइएको भने छ। एक अधिकारीका अनुसार उनीहरूलाई १० देखि ४२ दिनका लागि निलम्बन गरिएको छ।
आक्रमणपछि अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको अनुसन्धान प्रतिवेदनले धेरै तहमा सुरक्षा निकायको लापरवाही र कमजोरीका कारण ट्रम्पमाथि आक्रमण सम्भव भएको खुलासा गरेको छ। यसरी कारबाही भोग्नेमा सिनियर अफिसरदेखि तल्लो तहका फिल्ड एजेन्टसम्म पर्दछन् ।
समाचारमा यो पनि भनिएको छ, ‘गोप्य सेवाले अब आफ्नो महत्वपूर्ण जिम्मेवारीहरू पूरा गर्न आवश्यक स्तरमा काम गरिरहेको छैन। यो संस्था अहिले एक अस्तव्यस्त र लापरवाह प्रणालीमा परिणत भएको छ जबकि धम्कीहरू निरन्तर बढ्दै गएका छन् र प्रविधि पनि उन्नत छ।’
सो आक्रमणको दस दिन पछि तत्कालीन गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले नैतिकताको आधारमा राजीनामासमेत दिएका थिए।
बटलर घटनाको नौ हप्तापछि ट्रम्पले फ्लोरिडाको वेस्ट पाम विचको गल्फ कोर्समा हुँदा अर्को घातक आक्रमणको सामना गर्नुपरेको थियो। यी दुवै घटनापछि ट्रम्पलाई राष्ट्रपति स्तरको सुरक्षा प्रदान गरिएको थियो र नयाँ सुरक्षा दिशानिर्देशका आधारमा उनको र्यालीको योजना हुन थालेको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.