थाइल्याण्डकी प्रधानमन्त्रीलाई अदालतले गर्यो निलम्बन
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रामाथि संवैधानिक अदालतले कूटनीतिक विवादसम्बन्धी आचरणको छानबिन थाल्दै मंगलबार निलम्बन गर्ने निर्णय गरेको छ। कम्बोडियासँगको सीमा विवादको क्रममा उनले कम्बोडियाका पूर्व नेता हुन सेनसँगको फोन वार्तामा थाई सैन्य कमान्डरलाई 'प्रतिद्वन्द्वी' भनेर उल्लेख गरेकी थिइन्। सो भनाइ सार्वजनिक भएपछि राजनीतिक माहोल तनावग्रस्त बनेको थियो। रूढीवादी र शाही समर्थक सांसदहरूले पेटोङटार्नमाथि विदेशी शक्तिसामु झुकेको र थाई सेनाको प्रतिष्ठा घटाएको आरोप लगाए।
संवैधानिक अदालतले सात दुईको बहुमतबाट उनलाई अस्थायी रूपमा प्रधानमन्त्री पदबाट निलम्बन गर्ने निर्णय लिएको हो। अदालतको आदेशअनुसार उनीमाथि भइरहेको छानबिन नसकिएसम्म उनलाई प्रधानमन्त्रीको भूमिकाबाट रोकिएको छ। पेटोङटार्नले एक वर्षअघि मात्रै सत्ताको बागडोर सम्हालेकी थिइन्, तर यो विवादले उनको नेतृत्वलाई गम्भीर चुनौती खडा गरेको छ। यस घटनापछि उनका सहयोगीहरूले राजीनामा दिएका छन् भने राजा महावाजिरालङकर्णले मन्त्रिमण्डल पुनर्गठनलाई अनुमोदन गरिसकेका छन्।
त्यहि दिन, पेटोङटार्नका पिता तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शाही मानहानिको आरोपमा बैंककस्थित फौजदारी अदालतमा उपस्थित भए। सन् २०१५ मा दिइएको एउटा अन्तर्वार्तामा उनले थाइल्यान्डको राजसंस्थासम्बन्धी टिप्पणी गरेको भन्दै उनीमाथि राजद्रोहसम्बन्धी मुद्दा दायर भएको हो। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म कैद सजाय हुनसक्नेछ।
थाई राजनीतिक विश्लेषकहरूको भनाइमा, यी दुई घटनाले सिनावात्रा परिवारको राजनीतिक हैसियतमाथि गहिरो असर पारेको छ। उनका अनुसार यो परिघटना ‘गम्भीर कमजोरी’ का रूपमा देखिएको छ जसले परिवारको राजनीतिक भविष्य अन्योलमा पारेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.