विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको सेवासुविधा फिर्ता गर्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने निर्णय गरेकी छिन्। एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनले सचिवालय, गाडी, सुरक्षाकर्मी आवासलगायतका सेवा अब नलिने बताइएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १६ असार २०८२, २:४४ PM
फन्ट
विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको सेवासुविधा फिर्ता गर्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले प्राप्त गरिरहेकी सरकारी सेवासुविधा यही आर्थिक वर्षको अन्त्यसँगै फिर्ता गर्ने तयारी गरेकी छिन्। एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणासँगै उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने सेवा उपयोग नगर्ने निर्णय लिएको स्रोतले जनाएको छ।

उनले राष्ट्रपतिको कार्यकाल पूरा गरी शीतल निवास छाड्दा नै केही सुविधा फिर्ता गरिसकेकी थिइन्। उदाहरणका लागि, सरकारले दिएको आवास सुविधा नलिइ उनले आफ्नो निजी निवास चपली हाइटमा बसोबास गरेकी थिइन्। यस्तै, सरकारी गाडीको सट्टा निजी सवारी प्रयोग गरिरहेकी उनलाई इन्धन सुविधा मात्र उपलब्ध भएको हो।

सुरक्षाकर्मी र सचिवालयको तलब, आवास सुविधा, र अन्य सुविधा पनि फिर्ता गर्ने सोचमा रहेकी भण्डारीले नयाँ आर्थिक वर्षको पहिलो दिनबाट लागू हुने गरी सरकारलाई औपचारिक पत्र लेख्ने तयारी गरिरहेकी छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.