नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । 

Artha Kendra Artha Kendra
आइतबार, १५ असार २०८२, ५:४२ PM
फन्ट
नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

काठमाडौं, १५ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । 

पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने समेत स्पष्ट पारे । 

भन्न लाई त नेपाललाई कृषि प्रधान देश भनिन्छ आज धान रोप्ने दिनको आधा समय बिति सक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाउने बिडम्बनापुर्ण अबस्था रहेको थापाले बताए ।

किसान, मजदुर ,युबाहरुको पक्षमा सरकारले कुनै आशालाग्दो काम गर्न नसकेको तर भ्रष्टाचार र ब्रम्हलुटमा सरकार लिप्त भएको थापाको भनाई थियो । जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा काण्ड, वाइडबडी जहाज काण्ड, ओम्नि र यति काण्ड, माओवादी नक्कली लडाकु घोटालालगायतका सबै भ्रष्टाचारका फाइलहरू खोलिने र दोषीले उन्मुक्ति नपाउने समेत उनले दाबी गरे ।

२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै पनि हालतमा मत नदिने मनस्थिति बनाइ सकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । राप्रपा नेपालले आफ्नो एजेन्डाका बारेमा जनतालाई राम्रोसँग बोध गराई विकल्पका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने आबश्यकता रहेको बिचार ब्यक्त गरे । 

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरु डाक्टर बिष्णु भण्डारी , तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार , किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले बोलेका थिए ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.