सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।

Artha Kendra Artha Kendra
आइतबार, १५ असार २०८२, ४:६ PM
फन्ट
सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो ।

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए, सो विधेयकमा दुइ दर्जन भन्दा बढी सांसदले आ आफ्नो धारणा राखेका थिए ।

अब प्रतिनिधिसभाकाे बैठक असार २३ गते बस्नेछ । 

 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.