भ्रष्टचारको मुद्दामा बयान दिन पुर्व मन्त्री बस्नेत बिशेष अदालतमा

आइतबार, १५ असार २०८२, ३:५० PM
post-image

काठमाडौं, १५ असार । भ्रष्टचारको मुद्दा पछि निलम्बित भएका नेपाली कांग्रेसका सांसद मोहन बस्नेत अदालतमा हाजिर भएका छन् ।

बिशेष अदालतमा उपस्थित भएका पुर्व मन्त्री बस्नेतसँग बयान सुरू भएको छ । उनलाई थुनामा पठाउने कि धरौटीमा छाडने भन्ने निर्णय पनि आजै हुने जनाइएको छ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बस्नेतको बयान सुरु भएको हो। बयान सकिए पछि आजै उनी विरुद्ध आज थुनछेक बहस हुनेछ । 

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिदमा  भ्रष्टचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीबिरूद्द मुद्दा चलाएको हो ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}