Share Hub ले ल्यायो ब्रोकरलाई रेटिङ दिने सुविधा, कसरी प्रयोग गर्ने?

यो सुविधाले लगानीकर्तालाई ब्रोकर अकाउन्ट खोल्नु अघि उचित निर्णय गर्न सहयोग पुग्नेछ।

Artha Kendra Artha Kendra
आइतबार, १५ असार २०८२, १२:४१ PM
फन्ट
Share Hub ले ल्यायो ब्रोकरलाई रेटिङ दिने सुविधा, कसरी प्रयोग गर्ने?

काठमाडौं । नेपाली लगानीकर्तामाझ लोकप्रिय एप ShareHub ले ब्रोकर मूल्यांकन गर्ने नयाँ सुविधा सार्वजनिक गरेको छ। अबदेखि प्रयोगकर्ताले आफूले प्रयोग गर्दै आएको ब्रोकरलाई रेटिङ तथा रिभ्यु दिन सक्ने भएका छन्।

हाल यो सुविधा ShareHub को वेब संस्करणमा मात्र उपलब्ध छ।

यस सुविधामार्फत प्रयोगकर्ताले ब्रोकरले सेयर बिक्रीपछि पैसा खातामा पठाउन कति समय लिन्छ, सेयर ट्रान्सफर गर्न कति दिन लाग्छ भन्ने जस्ता विवरणहरू सार्वजनिक गर्न सक्नेछन्।

ShareHub का अनुसार, “यो सुविधाले लगानीकर्तालाई ब्रोकर अकाउन्ट खोल्नु अघि उचित निर्णय गर्न सहयोग पुग्नेछ।”

अब प्रयोगकर्ताले ब्रोकरले दिने सेवाबारे अन्य ग्राहकहरूको अनुभव हेरेर मात्रै निर्णय लिन सक्नेछन्। यसले ब्रोकर सेवामा पारदर्शिता बढाउने र गुणस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ।

ShareHub को योजना अनुसार निकट भविष्यमा यो सुविधा मोबाइल एपमा पनि उपलब्ध गराइनेछ।

 

 

कसरी प्रयोग गर्ने?

  1. उक्त URL मा जानुहोस्: sharehubnepal.com/broker/all

  2. तपाईँले चाहेको broker को नाममा क्लिक गरेर Detail Page खोल्नुहोस्।

  3. त्यहाँ “Reviews”  सेक्सन र त्यहाँ "Login Required" उल्लेख हुन्छ 

  4. Login/Signup गरेर, तपाईँले सोही Detail Page मा गएर review दिइदिन सक्नुहुन्छ, जसमा रेटिङ, कमेन्ट र अन्य सबिस्तारहरू राख्न पाइन्छ।

 

वैकल्पिक माध्यम

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले निम्न चरणहरू पालना गर्नुपर्छ:

  1. Broker Review पेजमा जानुहोस्।

  2. त्यसपछि "Add New" भन्ने बटनमा थिच्नुहोस्।

  3. अब तपाईँको ब्रोकरको नाम, तपाईँ दिन चाहनुभएको रेटिङ, प्रतिक्रिया (comment) लगायत विवरणहरू राख्न सकिने फारम खुल्छ।

  4. सबै विवरण भरेर पठाएपछि तपाईंको रेटिङ तथा रिभ्यु प्रणालीमा देखिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.