गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक, शेयरमा करोडौं लगानी, अन्यमा कति ?

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो र श्रीमति प्रतिभा पौडेलको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्

Artha Kendra Artha Kendra
बुधबार, ११ असार २०८२, १:१२ PM
फन्ट
गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक, शेयरमा करोडौं लगानी, अन्यमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो र श्रीमति प्रतिभा पौडेलको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार, गभर्नर पौडेलसँग ४५ तोला सुन रहेको छ, जसमा केही पैतृक तथा केही १५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख गरिएको छ।

पैतृक सम्पत्तिबाटै ललितपुरको भैसेपार्टीमा घर निर्माण गरिएको उल्लेख छ भने, श्रीमति पौडेलको नाममा ललितपुर र नवलपरासीमा जमिन खरिद गरिएको देखिन्छ।

गभर्नर पौडेलले सबैभन्दा धेरै लगानी प्रोमोटर सेयरमा गरेका छन्। सानिमा बैंक लिमिटेडमा २ लाख ४४ हजार १७६ कित्ता, सानिमा माई हाइड्रो पावरमा ९२ हजार ५७९ कित्ता, र सानिमा मिडिल तमोर हाइड्रो पावरमा १ लाख ८८ हजार कित्ता सेयर लगानी गरेका छन्। त्यसैगरी, ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८३४ कित्ता र फेरि अर्को छुट्टै लगानीमार्फत ७५ हजार कित्ता सेयर राखिएको छ।

यस्तै, सयुक्त उर्जा हाइड्रो पावरमा ५ लाख कित्ता र चितवन इनर्जी लिमिटेडमा २ लाख ५० हजार कित्ता सेयरमा पनि लगानी रहेको उल्लेख छ।

सम्पत्ति विवरण अनुसार, गभर्नर पौडेल र उनकी श्रीमतिको नाममा विभिन्न बैंक खातामा जम्मा २७ लाख रुपैयाँ जगेडा रहेको छ।

Bishwonath Poudel Property Details

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.