सुनको मूल्यमा आजपनि भारी गिरावट, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ।

Artha Kendra Artha Kendra
बुधबार, ११ असार २०८२, ११:३६ AM
फन्ट
सुनको मूल्यमा आजपनि भारी गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ, ११ असार – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९२ हजार रुपैयाँमा झरेको छ। मंगलबार सुनको मूल्य एक लाख ९३ हजार पाँच सय रुपैयाँमा रहेको थियो।

यसअघि मंगलबार पनि सुनको मूल्य एक हजार सात सय रुपैयाँले घटेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर दुई हजार एक सय चालीस रुपैयाँमा झरेको छ। मंगलबार चाँदी दुई हजार एक सय साठी रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.