उर्जामन्त्री खड्का भन्छन्- 'टेक एन्ड पे' संशोधन हुन्छ, अर्थ मन्त्रालयलाई पत्र पठाइसकेका छौं
काठमाडौँ, असार ९ । ऊर्जामन्त्री दीपक खड्काले बजेटमा व्यवस्था गरिएको 'टेक एन्ड पे' संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उर्जा मन्त्रालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले जलविद्युत क्षेत्रमा 'टेक एन्ड पे' लाई संशोधन गरी 'टेक अर पे' बनाउन पत्र पठाएको बताएका हुन् ।
सरोकारवाला र सांसदहरुले बजेटमा ल्याइएको 'टेक एन्ड पे' नीतिको विरोध गरेपछि ऊर्जा मन्त्रालयले बजेटमा संशोधन गर्न पत्र पठाएको जानकारी दिएका हुन् ।
मन्त्री खड्काले भने- 'टेक एन्ड पेको विषय चर्चामा छ । सांसदहरूको प्रश्न पनि अलि बढी केन्द्रित भएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझाव समेतको आधारमा १० मेगावाटसम्म साना जलविद्युत आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे प्रावधान नै गर्न उपयुक्त हुने भएकोले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठ २७ को पत्रमार्फत संशोधन गरी अर्थ मन्त्रालयमा अनुरोध गरेर पठाएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।'
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संसदमा पेस गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा भनिएको छ- 'जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सब स्टेशन र प्रशारण लाइन निर्माण गरिनेछ । विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ ।'
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.