नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सोमबार, ९ असार २०८२, १०:४७ AM
post-image

असार ९ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १,९५,२०० रुपैयाँमै स्थिर रहेको छ, जुन आइतबारको मूल्यसँग समान हो।

तर चाँदीको मूल्य भने १० रुपैयाँले वृद्धि भई प्रतितोला २,१७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य २,१६० रुपैयाँ थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}