दरमखोला हाइड्रोको आईपीओ आजदेखि खुला, क–कसले दिन पाउँछन् आवेदन?
काठमाडौं — दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्नो साधारण सेयर (आईपीओ) सार्वजनिक रुपमा निष्कासन प्रक्रिया सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ ल्याएको हो।
यो आयोजना १ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको जारी पुँजीमध्ये ३८.३३ प्रतिशत हिस्साले हुन आउने ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ।
कुल सेयरमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका तथा बडीगाड नगरपालिकाका आयोजनाबाट प्रभावित स्थानीयबासीका लागि छुट्याइएको छ।
त्यसैगरी, बाँकी २९ लाख १९ हजार ५०० कित्तामध्ये २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। ५८ हजार ३९० कित्ता कर्मचारीहरूको लागि, १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ।
आवेदन दिन चाहने वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजनाबाट प्रभावित स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूले असार २३ गतेसम्म आवेदन दिन पाउनेछन्। यदि सो अवधिमा पर्याप्त आवेदन नआएमा स्थानीयले साउन ६ गतेसम्म आवेदन दिने मौका पाउनेछन्।
वैदेशिक रोजगारमा रहेका नेपालीले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र 'मेरो सेयर' प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्। स्थानीयबासीले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरमखोला पावरहाउसले स्वीकृत गरेका संकलन केन्द्रमार्फत आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री प्रबन्धकको भूमिका लक्ष्मी सनराइज क्यापिटलले निर्वाह गर्नेछ।
Daramkhola IPO Details (Local)
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.