काँग्रेस सांसद सुनिल शर्मा भन्छन्- सरकारी कोष अघोषित रुपमा लुटियो

नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले आगामी वर्षको बजेटमा व्यापक अन्याय भएको भन्दै संशोधनको माग गरेका छन्।

Artha Kendra Artha Kendra
आइतबार, ८ असार २०८२, ३:५० PM
फन्ट
काँग्रेस सांसद सुनिल शर्मा भन्छन्- सरकारी कोष अघोषित रुपमा लुटियो

काठमाडौँ, असार ८ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले आगामी वर्षको बजेटमा व्यापक अन्याय भएको भन्दै संशोधनको माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रलाई मात्रै प्राथमिकता दिएर बजेट विनियोजन गरेको आरोप लगाए। उनले जनप्रतिनिधिहरूलाई विवश बनाउने गरी सत्ता पक्षले पक्षपातपूर्ण ढंगले बजेट बाँडफाँट गरेको टिप्पणी गरे।

जनताले तिरेको कर अघोषित रुपमा लुटेको आरोप लगाउदै भने- 'जनताले गाउँ गाउँबाट पाई पाई गरेर पठाएको कर तपाइको भकारीमा आएपछि अघोषित रुपमा लुट्नु भएको छ । यसरी लुट्न पाइदैन । यो अघोषित कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो ।'

सांसद शर्माले ‘टेक एण्ड पे’ कार्यक्रमको पनि आलोचना गरे। उनले यो योजना विदेशी कम्पनीलाई प्रोत्साहन गर्न र स्वदेशी लगानीकर्तालाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न नदिन ल्याइएको जिकिर गरे। बजारमा व्यापारीसँग पैसा उठाएर प्रणाली परिवर्तन गर्ने हल्ला चलेको भन्दै उनले त्यसो भए संसदमा कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.