नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार

आइतबार, ८ असार २०८२, ३:५९ PM
post-image

काठमाडौँ, असार ८ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशतले बढेको छ ।

त्यस्तै पियोर इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने युनियन हाइड्रोको शेयर मुल्य ६.२४ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार दोर्दी खोला जल विद्युतको शेयर ७५  करोड ७३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}