सरकारले सदनलाई निकै हेप्योः हितराज पाण्डे
काठमाडौं, ७ असार । नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समय लिदैँ सो आरोप लगाएका हुन् ।
संसदमा प्रतिपक्षी दलले अबरोध गर्दागर्दै संसद चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारका मन्त्रिको उपस्थिति बिना नै संसद चलाएको भन्दै आपत्ति जनाएको हुन् ।
‘मन्त्री बिना नै बिनियोजन बिधेयक माथी छलफल सुरू गरिएको छ, सरकारले संसदको नियम पालाना गर्नु पर्दैन, संबन्धित मन्त्रीले संसदको नियमावलीमा पालाना गर्न पाउँदैन्, बजेट किताब पनि समयमा दिइएको छैन, यस्तो अवस्थामा हामी छलफलमा छौं,’ उनले भने, ‘नियमावली हामीले मात्रै मान्नु पर्ने, सरकारले नियमावली मान्नु पर्दैन, त्यसैले सरकारको उपस्थिति बेगर यो संसद चल्दैन सक्दैन् ।’ उनका अनुसार मन्त्री उपस्थित नभएकाले सबन्धित मन्त्रालयमा बहस हुन सक्दैन् ।
सो अघि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पनि सोही बिषय उठाएका थिए । मन्त्री नभएकाले सो मन्त्रालयका बारेमा छलफल हुन नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सरकारले युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएको जनाउँदै दुइ मन्त्रालयको बजेटमा छलफल नहुने जानकारी गराएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.