चुनाव लडेर जित्नु भयो भने काम गर्नूस, हार्नुभयो भने काममा फर्किनुस: सागर ढकाल (VIDEO)

बिहिबार, ५ असार २०८२, ४:५४ PM
post-image

काठमाडौं — स्वतन्त्र युवानेता सागर ढकालले हालै सुषान्त प्रधानसँगको पोडकास्ट अन्तर्वार्तामा एउटा नयाँ धारणा सार्वजनिक गर्दै युवालाई राजनैतिक सहभागितातर्फ आकर्षित गर्ने सन्देश दिएका छन्।

ढकालको भनाइमा, आफूले "मौसमी राजनीति" को पक्ष लिँदै यो अवधारणालाई सकारात्मक रूपमा हेरिनुपर्ने बताएका छन्। "धेरैले के भन्छन् भने सागर आयो, मौसमी राजनीति गर्‍यो। मैले त मौसमी राजनीति गर्न आउनुस् भनेको हो, गर्नै नै मौसमी राजनीति हो — फूल टाइम राजनीति होइन।"

उनले राजनीतिलाई एउटा जागिरझैँ पूर्णकालिक पेशा होइन, समय सापेक्ष जिम्मेवारीका रूपमा लिने सुझाव दिए। "काम पनि गर्नुपर्छ, खान पनि पर्‍यो," भन्दै युवालाई निर्वाचन केन्द्रित संलग्नता अपनाउन आह्वान गरे।

ढकालले २०८४ सालको निर्वाचनलाई लक्ष्य गर्दै भने: "८४ मा आउनुस्, चुनाव टार्गेट गरेर आउनुस्। सकेको चुनाव लड्नुस्, जित्नुभयो भने काम गर्नुस्, हार्नुभयो भने काममा फर्किनुस्।"

यो भनाइबाट उनले युवाहरूलाई चुनावमा भाग लिन प्रेरित गर्दै हारलाई पनि अवसरको रूपमा लिन सुझाव दिएका छन्। राजनीति निरन्तर सक्रिय रहनु पर्ने होइन, तर जिम्मेवारीबोधसहित समयअनुकूल संलग्नता नै सार्थक हुने तर्क उनले प्रस्तुत गरे।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}