आज पनि रास्वपाको संसदमा प्रदर्शन जारी

बिहिबार, ५ असार २०८२, २:४५ PM
post-image

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ ।

गत असार १३ गते देखी निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देबराज घिमिरेले संसद भने निरन्तर चलाइरहेको छ  ।

रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोपसमेत लगाएका छन ।

उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? भनेर प्रश्नसमेत गरेका छन। उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताए ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}