स्वस्तिक लघुवित्तलाई आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति

बिहिबार, ५ असार २०८२, १:५ PM
post-image

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। असार ५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न स्वीकृति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले साधारण सेयर निष्काशन गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कुल सेयरमध्ये ४० प्रतिशत अर्थात् २ लाख ३१ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरिनेछ भने बाँकी ६० प्रतिशत सेयर संस्थापक समूहको स्वामित्वमा रहनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}