दैलेखमा भेटियो ५० वर्षलाई पुग्ने प्राकृतिक ग्याँस

बिहिबार, ५ असार २०८२, ११:१९ AM
post-image

काठमाडौं, ५ असार। दैलेखको जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ। चीनको सरकारी टोलीले गरेको ड्रिलिङ अध्ययनबाट नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्याँस रहेको देखिएको हो।

चार हजार मिटर गहिराइसम्मको खनाइपछि ग्याँसको गन्धसहितको चट्टान परीक्षणका लागि चीन लगिएको थियो। प्रारम्भिक नतिजामा मिथेन ग्याँसको पर्याप्त मात्रा पुष्टि भएको छ, जुन स्वच्छ इन्धनका रूपमा प्रयोग गर्न सकिनेछ।

ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न, घरायसी प्रयोजनमा बत्ती बाल्न र हाइड्रोजन छुट्याएर मल उत्पादनमा समेत प्रयोग गर्न सकिने छ। यसको अनुमानित मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर रहेको विश्वास गरिएको छ।

डिटेल रिपोर्ट प्राप्त भएपछि परीक्षणको रूपमा ग्याँस उत्पादन सुरु गर्ने योजना बनाइएको छ। अनुमानित लागत करिब ६५ अर्ब रुपैयाँ रहेको छ।

यसको व्यवसायिक उत्पादन सुरु गर्न सके नेपालको आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}