सुनचाँदीको मूल्य बढ्यो, आज कति रुपैयाँमा भइरहेको छ कारोबार?

सुनचाँदीको मूल्य बढ्यो

Artha Kendra Artha Kendra
बुधबार, ४ असार २०८२, ११:३३ AM
फन्ट
सुनचाँदीको मूल्य बढ्यो, आज कति रुपैयाँमा भइरहेको छ कारोबार?

काठमाडौं — साताको चौथो कारोबार दिन, बुधबार, सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोलामा ९०० रुपैयाँले महँगिएको हो।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँ थियो भने बुधबार यो बढेर एक लाख ९५ हजार ९ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेर २२२५ रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६७ हजार ९ सय ५५ रुपैयाँ र चाँदीको मूल्य प्रति १० ग्राम १९०७.५० रुपैयाँ निर्धारण गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.