त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय श्रृंखला: नेपाल आज स्कटल्याण्डसँग भिड्दै

मंगलबार, ३ असार २०८२, ५:४५ PM
post-image

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिदेशीय T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

खेल ग्लास्गोस्थित टिटवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।

श्रृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको स्कटल्याण्ड आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ। स्कटल्याण्ड २ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपालले अहिलेसम्म अंक खाता खोल्न सकेको छैन।

नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेलेको खेलमा टि-२० क्रिकेट इतिहासमै दुर्लभ मानिने तेस्रो सुपर ओभरसम्मको संघर्ष गरे पनि अन्ततः हार बेहोर्नुपरेको थियो।

उक्त खेलमा डेब्यु गरेका किरण ठगुन्ना र रुपेश सिंह प्रभाव जमाउन असफल रहे भने तीव्र गतिका बलर नन्दन यादव चोटका कारण आजको खेलबाट बाहिर रहने सम्भावना छ। टिम संयोजनमा केही परिवर्तन आउने अपेक्षा गरिएको छ, जहाँ रिजन ढकाललाई प्लेइङ-११ मा समावेश गरिने चर्चा छ।

नेपालका लागि आजको खेल जित्दै श्रृंखलामा पुनः प्रतिस्पर्धा जमाउने मौका हुनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}