कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।

Artha Kendra Artha Kendra
मंगलबार, ३ असार २०८२, ४:३८ PM
फन्ट
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

 काठमाण्डौ, असार ३ – नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान साढे आठ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ असार ४ गते बुधबारका दिन बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोक प्रस्ताव पारित गर्न र अरू समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.