जी–सेभेनको शिखर सम्मेलनमा इजरायल–इरान तनावप्रति चिन्ता, गाजामा युद्धविरामको आह्वान

मंगलबार, ३ असार २०८२, ३:२४ PM
post-image

काठमाण्डौ, असार ३ –  क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी–सेभेन नेताहरूले इजरायल–इरान सङ्कटमा चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा तनाव कर्म गर्न आह्वान गरेका छन् ।जी–सेभेन देशहरूले संयुक्त विज्ञप्ति निकालेर गाजामा युद्धविरामसहित मध्यपूर्वमा तनाव कम गर्न आह्वान गरेका बीबीसीले जनाएको छ । तर जी–सेभेन नेताहरूले इजरायल र इरानबीच युद्धविरामका लागि आह्वान गर्न भने अस्वीकार गरेका खबरमा उल्लेख छ ।

जी–सेभेन नेताहरूले यस क्षेत्रमा शान्ति र स्थायित्वप्रतिको आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याउँदै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ भनेर उल्लेख गरेका छन् । उनीहरूले इरानलाई क्षेत्रीय अस्थिरता र आतङ्कको वास्तविक स्रोत भनेका छन् । इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने उनीहरूले बताएका छन् । जी–सेभेन नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको बारेमा सतर्क रहने र बजारको स्थिरता जोगाउन आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने पनि बताएका छन् ।

यसअघि मध्यपूर्वमा तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प जी–सेभेन बैठकबाट चाँडै बाहिरिनुभएको थियो । इजरायल र इरानले लगातार पाँचौं दिन एकअर्कामाथि आक्रमण गरिरहेका छन् । यसअघि ट्रम्पले सामाजिक सञ्जालमा इरानको राजधानी तेहरान छाड्न नागरिकलाई आह्वान गर्नुभएको थियो । आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}