एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने

मंगलबार, ३ असार २०८२, ११:४ AM
post-image

काठमाण्डौ, असार ३ –  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो , तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।

 शिक्षकहरूको २९ दिनको आन्दोलनको कारणले एसईईकाे नतिजा  सार्वजनिक गर्न  तीन हप्तासम्मको समय लाग्ने  परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताउनु भयाे । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}