नेप्से सूचकमा सामान्य वृद्धि, १३ अर्बभन्दा बढीको कारोबार

सोमबार, २ असार २०८२, ३:१० PM
post-image

काठमाडौं, २ असार ।  साताको सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २ हजार ६५८.६६ विन्दुमा बन्द भएको छ।। सामान्य अंकले बढेको बजारमा कारोबार रकम भने साढे तीन महिना पछिकै सबैभन्दा धेरैअंकको कारोबार भएको छ ।

आज १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। यसभन्दा अघि गत २०८१ फागुन १९ गते १३ अर्बको कारोबार भएको थियो । याे काराेबार याे वर्षकै सबैभन्दा धेरै काराेबार भएकाे हाे । आज  सर्वाधिक कारोबार गर्ने कम्पनीमा न्यादी ग्रुपपावर (NGPL), सानिमा मई हाइड्रो पावर (SHPC), बुटवल पावर कम्पनी (BPCL), सिंगटी हाइड्रो इनर्जी (SHEL), राधि विद्युत कम्पनी(RADHI) छन्।

दिनभर उत्तार चढाब देखिएको यो दिन पियोर इनर्जी (PURE) र पिपुल्स पावर कम्पनीको (PPL) शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL), सोल्टी होटल (SHL) र सनराइज फस्ट म्यूचुअल फण्डको (SFMF) शेयर मूल्य ६.०७ प्रतिशतदेखि ८.३७ प्रतिशतले बढेको छ । सामान्य अंकले बढेको बजारमा अप्पर हेवा खोला हाइड्रो पावर (UHEWA), श्री इन्भेष्टमेन्ट फाइनान्स (SIFC), सिनर्जी पावर डेभलपमेन्टको (SPDL) शेयर मूल्य ४.३५ प्रतिशतदेखि ७.५८ प्रतिशतले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वाणिज्य बैंक, विकास बैंक, होटल, लाइफ इन्स्योेरेन्स, माइक्रो फाइनान्स, निर्जीवन बीमा उपसमूहको सूचक सामान्य अंकले बढ्दा अन्य समूहको सूचक घटेका छन् । 

- प्राविधिक गल्तीका कारण यसअघि कम्पनीको नाम गलत हुन गएकोमा क्षमा चाहन्छौं।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}