सुनको भाउ स्थिर

सुनको मूल्य जेठ २७ गतेदेखि स्थिर रहेको छ र वैशाख ९ मा हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय पुगेको थियो।

Artha Kendra Artha Kendra
सोमबार, २ असार २०८२, ११:२९ AM
फन्ट
 सुनको भाउ स्थिर

काठमाडौं, २ असार । लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रहेको सुन त्यसयता ७ हजार ५ सय बढिसकेको छ ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदी उच्च मूल्यमा पुगेर स्थिर रहेको छ । सोमबार तोलामा २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । तीन दिनदेखि चाँदी यहीं मूल्यमा स्थिर छ ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.