सुनको भाउ स्थिर

सोमबार, २ असार २०८२, ११:४४ AM
post-image

काठमाडौं, २ असार । लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रहेको सुन त्यसयता ७ हजार ५ सय बढिसकेको छ ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदी उच्च मूल्यमा पुगेर स्थिर रहेको छ । सोमबार तोलामा २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । तीन दिनदेखि चाँदी यहीं मूल्यमा स्थिर छ ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}