कस्तो आउला मौद्रिक नीति !

आइतबार, १ असार २०८२, ५:११ PM
post-image

काठमाडौं, असार १ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति निर्माणको प्रक्रिया सुरु गरेको छ। साउन १५ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप केन्द्रीय बैंक तर्जुमा प्रक्रियामा जुटेको हो।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि सरोकारवाला पक्षहरूबाट राय र सुझाव माग गरेको छ।

सुझावहरू बैंकको आर्थिक अनुसन्धान विभागमा असार १० गतेभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}