सुनको मूल्य बढेर झन् रेकर्डस्तर नजिक, कति छ आजको मूल्य?

आइतबार, १ असार २०८२, ११:५३ AM
post-image

काठमाण्डौं, असार १। नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य बढेर झन् रेकर्डस्तर नजिक पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर रेकर्डस्तर नजिक पुगेको हो । हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ रहेकाे छ  ।

यस दिन पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा नै स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतिताेला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}