विश्व अर्थतन्त्रको वृद्धि दर घट्ने: विश्व बैंकको चेतावनी
काठमाडौं, २८ जेठ । बढ्दो व्यापारिक तनाव र नीतिगत अन्योलताको कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी आफ्ना पूर्वानुमानहरू कटौती गरेको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक दृष्टिकोणु प्रतिवेदनअनुसार, हालको अस्थिरताले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा नकारात्मक असर पारिरहेको छ – जसमा सबै भूगोल र आयस्तरका मुलुकहरू समावेश छन्।
विश्व बैंकले सन् २०२५ को लागि विश्व आर्थिक वृद्धिदरलाई पहिलेको २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशतमा झारेको छ। यस्तै, सन् २०२६ को पूर्वानुमान पनि २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशतमा सीमित गरिएको छ।
विकसित मुलुकहरूमा सन् २०२५ मा मात्र १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो। उता, विकासशील र उदाउँदा बजार अर्थतन्त्रहरूमा सोही वर्षको वृद्धि ३.८ प्रतिशतमा सीमित हुने देखिएको छ, जुन पूर्वानुमानभन्दा ०.३ प्रतिशतले कम हो।
संयुक्त राज्य अमेरिकाको वृद्धिदर सन् २०२५ मा १.४ प्रतिशत मात्र रहने अनुमान गरिएको छ – जुन सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा झन्डै आधा हो। युरोप र जापानको वृद्धिदर समान रूपमा ०.७ प्रतिशतमा सीमित हुने देखिन्छ।
चीनको वृद्धिदर भने अघिल्लो पूर्वानुमानअनुसार यथावत् रहेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार केही महिनाअघि सम्म सुधारको आशा गरिएको विश्व अर्थतन्त्र पुनः चुनौतीपूर्ण अवस्थामा प्रवेश गर्दैछ।
प्रतिवेदनले चेतावनी अनुसार यदि छिटो र प्रभावकारी नीतिगत निर्णयहरू गरिएनन् भने त्यसले दीर्घकालीन रूपमा जनजीवनमा असर पार्न सक्छ।
विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले एसिया बाहेकका अधिकांश क्षेत्रहरूमा आर्थिक वृद्धि सुस्त हुँदै गएकोले विकासशील राष्ट्रहरूलाई अझ गाह्रो परिस्थिति सिर्जना गरिदिएको बताएका छन् ।
उनले भने “विकासशील मुलुकहरूमा लगानीको दर कम, ऋणको भार उच्च, र आयको असमानता गहिरिँदो छ, जसले गरीबी निवारण र समावेशी विकास मा बाधा पुर्याइरहेको छ।”
प्रतिवेदनमा उल्लेख गरिएअनुसार, आर्थिक स्थायित्वको भविष्य मुख्यतया वैश्विक व्यापार नीति र राजनीतिक स्पष्टतामा निर्भर रहनेछ। यद्यपि, व्यापार प्रतिबन्धहरू बढ्ने वा नीति सम्बन्धी अन्योलता कायम रहने हो भने आर्थिक वृद्धि थप सुस्त हुने र वित्तीय जोखिमहरू चुलिने सम्भावना रहेको चेतावनी पनि प्रतिवेदनले दिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.