सभामुख घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै

आइतबार, २५ जेठ २०८२, १२:३३ PM
post-image

काठमाडौं, २५ जेठ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन् ।सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।

आज अपराहन्न १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् । विपक्षीहरुले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएपनि त्यसपछि जेठ २० गते देखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}