ठुलो संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट, चार्टड जहाजले आज काठमाडौँ ल्याउदै
काठमाडौं । अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई आज चार्टड जहाजमार्फत फिर्ता पठाउदैछ । परराष्ट्र स्रोतका अनुसार आज करिब ५० नेपालीलाई लिएर अमेरिकी जाहाज अपराहन्न ४ बजे ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइदैछ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई कारवाही शुरु गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू पनि निष्कासनमा परेका छन् ।
यस अघि अमेरिकाले स-सानो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको भएपनि यति ठुलो संख्यामा डिपोर्ट गरेको भने पहिलो पटक हो ।ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेपछि अमेरिकाबाट अहिलेसम्म करिब १४० नेपाली डिपोर्ट भएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.