नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अब मनोज ज्ञवालीले सम्हाल्ने भएका छन्।

Artha Kendra Artha Kendra
बिहिबार, २२ जेठ २०८२, १२:१६ PM
फन्ट
नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कामु सीईओको भूमिकामा रहेका ज्ञवालीलाई सीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

गत चैत १० गतेदेखि तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीले कामु सीईओको जिम्मेवारी सम्हालेका थिए।

मनोज ज्ञवाली को हुन्?

मनोज ज्ञवाली एक चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले यसअघि नेपाल राष्ट्र बैंकमा पनि काम गरिसकेका छन्। नबिल बैंकमा नायब महाप्रबन्धकका रूपमा प्रवेश गरेका ज्ञवालीले बैंकमा महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जस्ता विभिन्न महत्त्वपूर्ण पदहरूमा अनुभव सँगालिसकेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.