प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्।

Artha Kendra Artha Kendra
आइतबार, १८ जेठ २०८२, १२:१२ PM
फन्ट
प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

जनकपुर, १८ जेठ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । 

प्रधानमन्त्री ओली भोली जनकपुरधाम स्थित निधी भवनमा डिजिटल प्रविधीबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक-एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्।

कुल ३२० किलोमिटर सडक निर्माणका लागि तिन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुबर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताईएको छ।

मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्।

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.