सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, १६ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार यो दर १ लाख ८७ हजार ८ सय रुपैयाँमा थियो। बिहीबारको तुलनामा आज सुनको मूल्यमा सुधार देखिएको हो, जबकि बिहीबार भने प्रतितोला १५ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।
चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। बिहीबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर १ हजार ९८० रुपैयाँमा झरेको छ।